काठमाडौँ । सर्वोच्च अदालतले यहीँ १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ ।
सोमबार राजपत्रमा गोलाप्रथासम्बन्धी नियमावली प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागु गर्ने निर्णय गर्ने तयारी गरेको हो ।
गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए ।







