• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चलचित्र ‘टुल्की’ले पायो सेन्सर बोर्डद्वारा यूनिभर्सल सर्टिफिकेट


  •    सुचना डबली डेस्क / २०७८, ८ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । चलचित्र ‘टुल्की’लाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो ।

    बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि चलचित्र प्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएका हुन् ।

    द पाल्म ग्रुप प्रालीको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको यस् हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ। लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाको लगानी रहेकोछ ।

    शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ । ब्राम्हण बस्तिमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ ।

    करिब ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

    यसका साथै अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.