काठमाडौँ । नायिका तथा मोडल रेश्मा घिमिरेले यहीँ मंसिर १४ गते विवाह गर्ने भएकी छिन् ।
गत वर्षको मंसिर १८ गते अमेरिकामा चिकित्सा शास्त्र अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी रेश्माले विवाह गर्न लागेकी हुन् ।
उनीहरुको विवाह विराटनगरबाट हुनेछ । रेश्माले आफ्ना साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि भने काठमाडौँमा पार्टीको आयोजना गर्ने बुझिएको छ ।







