काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बिहीबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।







