• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली


  •    सुचना डबली डेस्क / २०७८, १२ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ ।

    चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन । प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरिसकेका छन् भने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुटेका छन् ।

    केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उनी निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लविङ गरिरहेका छन् । त्यसरी जाने नेता र प्रतिनिधिलाई अध्यक्ष ओलीले ठोस जवाफ नदिइ फर्काउने गरेको बुझिएको छ । सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन् ।

    अध्यक्ष ओली बसेको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ । अध्यक्ष ओलीले विभिन्न नेतासँग सामूहिक र अलगअलग छलफल गरिरहेका छन् । आज बिहान विदेशी पार्टीका प्रतिनिधिसँग आपसी भेटघाटपछि अध्यक्ष ओलीले पार्टीका नेतालाई परामर्शमा बोलाको जनाइएको छ ।

    अध्यक्ष ओलीसँग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायत नेताले छलफल गरेका थिए । महासचिव पोखरेल र उपमहासचिव पौडलले सोही होटेलमा बेग्लै छलफल पनि गरेको जनाइएको छ । अन्य नेताहरु रहेका होटेलमा पनि विभिन्न नेताबीच छलफल भइरहेको छ ।

    महाधिवेशनमा अधिकांश नेता र प्रतिधिनिले सर्वसम्मतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्न दबाब दिएपछि शनिबारको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीको उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएका थिए । उपाध्यक्ष डा. भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ ।

    एमालेका सचिव योगेश भट्टराईले दशौँ महाधिवेशन एक विशिष्टरुपमा सञ्चालन भइरहेको र महाधिवेशनको हलले सहमतिमा नेतृत्व ल्याउने भनिसकेपछि आकाङ्क्षीको व्यवस्थापन र मूल्याङ्कन गर्ने काम नेतृत्वको भएको बताए । उनले प्रतिनिधिले मत दिएर नचुनेमा प्रतिनिधिको विवेकको मूल्याङ्कन ठानिने तर निर्वाचन नहुने भएकाले अब सही मूल्याङ्कन सही हुने नहुने भन्ने नेतृत्वमा भरपर्ने प्रतिक्रिया दिए । “नेतृत्वले कार्यकर्ताको मनोभावना बुझेर नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने र अध्यक्ष ओलीले उपाध्यक्ष रावललगायत सबैसँग संवाद गरेर समेट्न र अन्य नेताले अध्यक्ष ओलीलाई साथ दिन सक्नुपर्छ”, नेता भट्टराईले भने ।

    उनले आफूहरुले सोहीअनुसारको सुझाव अध्यक्ष ओलीलाई दिएको जनाउँदै जनताको बहुदलीय जनवादको सिद्धान्तबमोजिम संवाद, परामर्श र छलफल गरेर निष्कर्ष निकाल्न सकिने र आम प्रतिनिधिको चाहनाबमोजिम सहमति हुने र अन्तिममा मिल्नै नसकिने भएमा निर्वाचनको विधिलाई पनि कायमै राखिने बताए । बन्दसत्रस्थल बाहिर प्रतिनिधि र कार्यकर्ता ब्यग्रतापूर्वक नयाँ नेतृत्वको प्रतिक्षा गरिरहेका छन् । निर्वाचन लड्ने आकाङ्क्षा राखेका प्रतिनिधि पनि सहमतिमा नेतृत्व भएमा आफू नपरे पनि सन्तुष्ट हुने बताउँछन् ।

    पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवाली अध्यक्षमा केपी ओली सर्वसम्मत भएमा आफूहरु सूचीमा नपरे पनि फरक नपर्ने बताए । अखिल नेपाल महिला सङ्घकी नेत्री शर्मीला कार्कीले हलमा आम प्रतिनिधिले सहमतिका म्याण्डेट दिइसकेकाले उपाध्यक्ष रावल वा अरुले अर्गेलो गर्न नहुने बताए ।

    संविधानसभाका सदस्य एवं एमाले नेत्री रञ्जु झाले आम प्रतिनिधिको भावनालाई मान्नुपर्ने र त्यसमा नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने अपेक्षा व्यक्त गरिन् । युवा नेत्री रचना खड्काले हलले दिएको कार्यादेशबमोजिम नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने विश्वास व्यक्त गर्दै प्रतिनिधि त्यस्तो प्रस्तावको प्रतिक्षा गरिरहेको जनाइन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.