काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर घटेको छ ।
हिजो ९१ हजार ९ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा ४ सयले घटेर ९१ हजार ५ सय रुपैँया तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा एक सयले घटेको थियो ।यस्तै चाँदीको भाउ आज पनि घटेको छ ।
हिजो १५ रुपैयाँले घटेको चाँदी आज पनि तोलामा थप पाँच रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।







