काठमाडौँ । सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक फेरि ओरालोतिर लागेको छ ।
साताको तीनदिन निरन्तर ओरालो लागेको नेप्से बुधबार भने सामान्य अंकले बढेको थियो । सो दिन नेप्से ५.२८ अंकले बढेर २६ सय ३३ विन्दुमा बन्द भएको थियो ।
यसदिन नेप्से ४९.०४ अंकले घटेर २५ सय ८४.६१ विन्दुमा पुगेर बन्द भयो। कारोबारमा आएका २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा किनबेच भयो । यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । डेभलपमेन्ट बैंक र अन्य समूहको परिसूचक सर्वाधिक घटेको छ । डेभलपमेन्ट बैंकको ३.८२ र अन्य समूहको ३.६४ अंकले ओरालो लागेको हो ।
यस्तै, जलविद्युतको २.२, निर्जीव विमाको २.०९, सामूहिक लगानी कोषको २.४९ प्रतिशतले सेयर मूल्य घट्दा बाँकी अन्य समूहको १.७१ प्रतिशतसम्म घटेको छ । यसदिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्याम्लिङ पावर र न्यादी हाइड्रोपावरको क्रमश ९.९९ र ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो ।
यस्तै, कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँमा सेयर खरिदबिक्री भयो । बुधबार कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ५३ लाख ९३ हजार ९९ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो ।







