• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कला संस्कृति संरक्षणमा जुटौँः पर्यटनमन्त्री आले


  •    सुचना डबली डेस्क / २०७८, १८ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताएका छन् ।

    कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको आज यहाँ विमोचन गर्दै उनले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गर्नुभयो । उनले भने,‘समग्र नेपाल संस्कृतिमा विशाल धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन् ।’

    पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको बताए ।
    ‘सङ्गीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ’, उनले भने ।

    उनले संस्कृतिलाई साक्षात देखाउने नृत्यबारेमा लेखिएको कृतिले नेपाली वृत्तलाई संसारभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री आलले सातवटै प्रदेशमा लेखन हुने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्ने वचन दिए । पुस्तकको समीक्षा गर्दै जगदम्बा श्री पुरस्कार विजेता भैरवबहादुर थापाले नेपालको नृत्य विधालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नृत्य सूत्रले समेटेका विषयवस्तु स्तरीय रहेको कला र संस्कृतिको सम्वद्र्धनमा टेवा पुग्ने बताए ।

    सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले नृत्य सूत्रसम्बन्धी बृहतरूपमा समेटिएको पुस्तक नेपालमै पहिलोपटक प्रकाशन भएको र यसले नेपालको नृत्य कलालाई विश्वबजारमा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नमूना शर्माले नृत्य सूत्रसम्बन्धी अनुसन्धनात्मक कृतिले नेपालको नृत्य कलालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए ।

    घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले कला र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न संस्था लागिपरेको बताए । लेखक कासुलाले लामो अनुसन्धान र मेहेनतका साथ पुस्तक तयार गरेकाले नृत्य कलाका लागि सान्दर्भिक हुने बताए ।

    नृत्य सूत्र तथा लिपि पुस्तकमा ६४ अक्षरमा सूत्रबद्ध सङ्केत लिपि रहेको छ । नृत्य लिपि मञ्चन, चालचाली ऊर्जा, शिराकाश प्रणाम, नृत्य सूत्र, नृत्य विज्ञान, संचेली, नाचुली जयमामी, बब्नामी सयनामी, नउत्षङ्गना आदि विषयलाई विस्तृतरूपमा व्याख्या गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.