• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

माओवादी केन्द्रद्वारा लिम्पियाधुरामा भब्य सम्मेलन सम्पन्न


  •    सुचना डबली डेस्क / २०७८, २० मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ ।

    लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

    लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

    यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो।

    उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.