काठमाडौँ । निरन्तर संगठन विस्तार अभियानमा लागेको अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस इकाइ समितिले सह-इकाइ कमिटी गठन गरेको छ ।
इकाइ समितिले क्याम्पसमा बि.एड प्रथम वर्षमा नेत्र लम्सालको अध्यक्षतामा १७ सदस्यीय सह- इकाइ समिति गठन गरेको हो ।
यस्तै समितिले, बिएससी प्रथम वर्षमा रबिन्द्र तिवारीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको छ ।
सह-इकाइ निर्माण कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समिति सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले समसामयीक राजनितीक घटनाक्रम र विद्यार्थी आन्दोलनको विषयमा विचार राखेका थिए ।
त्यसैगरी, जिल्ला उपाध्यक्ष प्रसान्त बन्जाडे बुटवल बहुमुखी क्याम्पस अध्यक्ष बिस्णु ज्ञवालीले क्याम्पस र विद्यार्थी आन्दोलनको बारेमा मन्तव्य राखेका थिए ।







