• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

काँग्रेसको मञ्चमा कम्युनिस्टको ‘पुनर्मिलन’!


  •    सुचना डबली डेस्क / २०७८, २५ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो।

    कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन्। महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए।

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए।

    दाहाल र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे। जब कि दाहाल निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन्। एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन।

    यस्तै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए। जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलगअलग भएका हुन्। त्यसमाथि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले रोष प्रकट गरे।

    काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पनि कटाक्ष गर्न छाडेनन्। देउवाले भने, ‘एउटा स्पष्ट कुरा के हो भने जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिको दिनको डर, त्रास कस्तो थियो हेर्नुस्। म प्रधानमन्त्री भएको भोलिपल्टैै ओलीको शासनबाट मुक्ति पाएजस्तो भयो। जनताले त्यो महसुस गरे। देशले नै ओलीको शासनबाट मुक्ति पायो। अब यही स्वतन्त्रतालाई बचाइराख्ने हो भने यो महाधिवेशनले निर्णय गर्नुपर्छ।’ देउवाले राष्ट्रियसभा, स्थानीय तह र केन्द्रको चुनाव आउँदै गरेको बताए।

    ‘काँग्रेसको सरकार टिकिराख्यो भने मात्र आउँदो सरकारमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको प्रतिनिधित्व हुन्छ’, उनले भने, ‘तपाईंहरू मलाई सभापतिमा जिताउनुहोस्। स्थानीय र आमनिर्वाचनमा कांग्रेस जिताउने जिम्मा मेरो भयो।’ उनले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो भाषणप्रति पनि व्यंग्य गरे। भने, ‘रामचन्द्रजी चिसोले गर्दा बोल्नै सक्नु भएन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.