काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ ।
जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस गएराति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।
बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी छ ।







