काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका भएपनि प्राविधिक कारणले साढे तीन घण्टा ढिलो गरि मतदान सुरु भएको हो ।
मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान तोकिएको समयमै सुरु नभएको जनाइएको छ ।
मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् ।







