काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३९२ पीसीआरमा ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासँगै नेपालमा हाल ५ हजार ६८९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ।







