काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या पुन: बढ्न थालेको छ । यस्तै निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार २२३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार २२३ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ४ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २७ करोड १७ लाख ४ हजार ५२० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २४ करोड ४२ लाख १ हजार ५५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५३ लाख ३६ हजार ३६० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५५९ को ज्यान गएको छ । ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २४ हजार ७६४ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ८ लाख ७ हजार ५१६ सय जना संक्रमित निको भइसकेका छन् ।







