काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
काठमाडौँमा भएको १४औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै, उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार भने झिनो मतले पराजित भएका छन् ।
उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह मैदानमा थिए ।







