काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६७ जना निको भएका छन् ।
आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् ।







