काठमाडौँ । मुन्द्रेको कमेडी क्लब बन्द भएपछि हास्य कलाकार जीतु नेपाल‘मुन्द्रे’ले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् ।
नयाँ शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताएका छन् । ‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ उनले भने ।
जीतुले शोको बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रमसमेत आयोजना गरेका थिए ।







