काठमाडौँ । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालीका–२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रक्राउ पर्नेमा जिल्लाको धनगढी उप–महानगरपालीका–८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तब रहेको प्रहरीले जनाएको छ ।
प्रहरले उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन –ब्राउन सुगर बरामद गरेको हो ।







