• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ


  •    सुचना डबली डेस्क / २०७८, ५ पुष सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् ।

    सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् । सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए ।

    ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्नेक्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको रु एक हजार दरका ११५ नोट बरामद भएको हो ।

    पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको भए पनि आज मात्रै सार्वजनिक गरिएको हो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.