• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पर्यटकीय क्षेत्रको विकास सरकारको मुख्य उद्देश्य हो : मन्त्री आले


  •    सुचना डबली डेस्क / २०७८, ५ पुष सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

    डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले त्यहाँको विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए । उनले भने, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति गर्न सकिन्छ ।”

    त्यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, अपिसैपाल, बडिकेदारलगायत स्थानमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहित निर्माणकार्य तीव्ररुपमा बिस्तार भइरहेको बताए ।

    पर्यटकको सहजताका लागि मोटरबाटो, खानेपानीलगायत भौतिक संरचना विस्तारका लागि पहल गरिरहेको मन्त्री आलेले जानकारी दिए । सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल भएकाले ती क्षेत्रको तीव्र विकाससँगै प्रचारप्रसार गर्नुपर्नेमा मन्त्रीको आलेको जोड थियो ।

    सुदूरपश्चिम वन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा फारवष्टर्न राइडर कल्बको सहकार्यमा यही पुस ३ गते कैलालीको धनगढीबाट उक्त पर्यटन साइकल यात्रा सुरु भइ डोटीको बुडरमा गएर आज समापन गरिएको हो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.