काठमाडौँ । प्रवासी नेपाली मञ्च जापानको अधिवेशनको लागि आयोजक कमिटी गठन गरिएको छ ।
जुमको माध्यमबाट मिटिङ् बसि मञ्चले क्यूसु क्षेत्रिय अधिवेशनको लागि फुकुवकामा तय गरिएको अधिवेशन आयोजक कमिटी घोषणा गरिएको हो ।
प्रवासी नेपाली मञ्च क्यूसु क्षेत्रिय कमिटीका पूर्वसचिब पुरसोत्तम सिग्देलको अध्यक्षतामा ३१ सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सचिवमा बलराम उपाध्याय सर्वसम्मत चयन भएका छन्
यस्तै, सो मिटिङ्ले अधिवेशनको लागि पूर्ण तयारी नपुगेको भन्दै अधिवेशनको निर्धारित मितिसमेत सारेको छ ।
यसअघि २०२२/१/१५ को लागि तय गरिएको मिति अधिवेशनको पूर्ण तयारी नपुगेकोले कमिटीका सदस्यले देखाएको माग र आवश्यकता अनुसार निर्धारित मिति सारेर २०२२/२/६ मा गर्ने निर्णय गरिएको प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानको सदस्य तथा क्यूसु क्षेत्रका इन्चार्ज महेश खड्काले जानकारी दिए ।







