• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘ओमिक्रोन’को त्रास बढ्दो , छैन सतर्कता


  •    सुचना डबली डेस्क / २०७८, ११ पुष आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ । दैनिक संक्रमित बढिरहेका छन् ।

    दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन् । भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ । तर, रोक्न तयारी चुस्त बनाइएको छैन । सीमा नाका खुला छन् । स्वास्थ्य मापदण्ड पालना छैन ।

    कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए । सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो । अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् । सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ ।

    कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ। बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए। नाकामा उनको स्वास्थ्य परीक्षण भएन। सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे। ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन। स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने।

    उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन्। सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन्। परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन। उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.