काठमाडौँ । साइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।
बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ वर्षीया सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो ।
साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।







