काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति सरेको छ ।
पुस २ बाट सारेर १५ गते प्रदर्शन मिति पुर्याएको यो चलचित्र अब पुस ३० गते मात्रै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
आइतबार दिउँसो नेपाल चलचित्र संघको कार्यालयमा चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’ निर्माणपक्षबीच भएको छलफलमा निर्माता अर्जुन कुमार आफ्नो चलचित्रको रिलिज पछि सार्न तयार भएका हुन् ।
निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, आमिर गौतम लगायतको मुख्य भूमिका रहेको छ ।







