बुटवल । अखिल ( क्रान्तिकारी ) बुटवल बहुमुखी क्याम्पसद्वारा अगुवा कार्यकर्ता भेला सोमबार (आज) सम्पन्न भएको छ ।
भेलामा अखिल(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले क्याम्पस समक्ष राखेको ३३ बुदे मागको विषयमा छलफल गरी बिस्तारित बैठकमार्फत विद्यार्थी माझ पुर्याएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता संगठनका क्याम्पस अध्यक्ष बिष्णु ज्ञवाली, प्रमुख आतिथ्यता संगठनका लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम खरेलले गर्दै विद्यार्थी आन्दोलन र क्रान्तिकारी आन्दोलनको विषयमा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।
यस्तै, विशिष्ट अतिथी नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सदस्य पुस्पराज ढकालले सम्बोधन गर्दै अहिलेको समग्र परिवर्तन माओवादी जनयुद्ध र क्रान्तिकारी विद्यार्थीहरूको तागतमा भएको बताएका हुन् ।
यसैगरी सङठनका पूर्व जिल्ला संयोजक दामोदर घिमिरेले क्रान्तिकारी आन्दोलनलाई आत्म साथ गर्दै अबको विद्यार्थी आन्दोलान विकास केन्द्रीत आन्दोलन हुनुपर्ने बताए ।
विद्यार्थी नेताहरु टेकराज रेग्मी , दिलिप सर्मा, कपिल चापागाईं, सपन पौडेल , टिकाराम आचार्य , गगन रेस्मी , हिमाल खनाल लगाएतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य सङ्गम खवासको रहेको थियो भने सञ्चालन दिपक खत्रीले गरेका थिए ।







