• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

साढे ६ अर्बको आइपिओ आउँदै, २४ कम्पनी निष्कासनको अन्तिम तयारीमा


  •    पत्रपत्रिकाबाट / २०७८, १४ पुष बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्।

    सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्।

    यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

    पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

    आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ ।

    सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ।

    राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

    पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हहाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ।

    त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ। #नागरिक दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.