• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

माओवादी केन्द्र महाधिवेशनः यथास्थितिकै निरन्तरता


  •    पत्रपत्रिकाबाट / २०७८, १९ पुष सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ।

    पुस ११ देखि काठमाडौँमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो।

    सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपनबिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ। अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ।

    उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो। माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको होे।

    केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ। अध्यक्ष दाहालले खुलातर्फ १ सय ११ र समानुपातिकतर्फ १ सय २५ केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेस गरेका थिए।

    बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन। त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन्। केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्दसत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन्।

    उनको यो भनाइले पनि महाधिवेशन र केन्द्रीय सदस्य चुन्ने प्रक्रियामा जनवादी केन्द्रीयताकै अभ्यास गर्न चाहेको देखाउँछ। माओवादी केन्द्रले महाधिवेशनमार्फत चुनिएका केन्द्रीय सदस्यको पहिलो बैठकमार्फत सोमबार पदाधिकारीको टुंगो लगाउने भएको छ।

    ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ। दाहालले पदाधिकारी चयन पनि सहमतिमै हुने बताउने गरेका छन्। उनले आइतबारको बन्द सत्रमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दै भने, ‘विधानअनुसार केन्द्रीय समितिले पदाधिकारीको विषय टुंग्याउने हो। कतिपयले आजै टुंगो लगाऊँ भनेका थिए।

    आज (सोमबार)नयाँ केन्द्रीय समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारीको टुंगो लगाइनेछ। पदाधिकारीमा करिबकरिब सहमति भइसकेको छ ।’ #नागरिक दैनिक

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.