काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा २५२ जना निको भएका छन् भने सो अवधिमा मृत्युु हुनेको संख्या शुन्य रहेको छ ।
हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् ।







