प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले प्युठानको अध्यक्ष पदमा नेता अजय सिंहले उम्मेद्वारी दिने निर्णय गरेका छन् ।
एमाले प्युठानको यहीँ पुस २३ मा हुन लागेको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको नेता सिंहले जानकारी दिएका हुन् ।
लामो समयदेखि राजनीतिमा लागेका नेता सिंहले कार्यकर्ताको माग र भावना अनुसार आफूले पार्टी अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका नेता सिंह एमाले प्युठानका वरिष्ठ नेता हुन् । लामो समय जिल्ला कमिटीमा बसेर काम गरेका उनी एमाले प्युठानका संस्थापक सचिब वीरबहादुर सिंहका माइला छोरा हुन् । उनी मदन भण्डारी फाउण्डेशन प्युठानका जिल्ला अध्यक्ष समेत रहेका छन् ।







