काठमाडौँ । नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एस जिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।







