काठमाडौँ । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् ।
अध्यक्षको रेसमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् ।
शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिबेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
यस्तै उपाध्यक्षमा राममणि पाण्डे चयन भएका छन् । उनी यसअघि एमालेको घोराहीको नगर सभापति र जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
त्यसैगरी सचिवमा पुन मनोहर बुढाथोकी चयन भएका छन् भने उप-सचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चुनिएका छन् ।







