• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रोशन तिमिल्सिनाको ‘चिरिएका पैताला’ सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७८, २५ पुष आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । कवि रोशन तिमिल्सिनाको नविनतम कविताकृति ‘चिरिएका पैताला’ सार्वजनिक भएको छ ।

    पोखराको हिमालयन रिडर्स कर्नरमा आयोजित विमोचन समारोहमा सभापतिको भुमिकामा सागरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष कवि शम्भु अर्याल रहेका थिए भने कार्यक्रको प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरूभक्त रहेका थिए ।

    विशिष्ट अतिथिका रूपमा बिम्बकवि प्राज्ञ रमेश श्रेष्ठ रहेका थिए भने कार्यक्रममा पुस्तक समीक्षकको रूपमा डा. भूमिराज वस्ताकोटीले आफ्ना टिप्पणीले राखेका थिए । कार्यक्रममा स्रष्टा परिचय कवि/लघुकथाकार टुकादेवी आचार्यले प्रकाश पारेकी थिइन् । कविता कृतिमाथि समीक्षा गर्दै डा. बास्तकोटीले भने,”कविता लेखनमा साधना आवश्यक रहेको र कृती दुईखण्डमा बाढिएको छ ।”

    कविताका निकै सबल पक्षलाई केलाउँदै सानै उमेरका यी रचना उत्कृष्ट रकेको कुरा पनि जानकारी दिए । कविताहरू पक्षधरता, प्रकृति र आध्यात्मिक विषयवस्तुमा लेखिएता पनि अझै केही सुधार्न सक्ने पाटोहरू रहेको उनले बताए ।

    कलम प्रकाशनको प्रतिनिधि नरेन्द्र कुमार नगरकोटीले कवि रोशनलाई शुभकामना दिँदै कलम प्रकाशनको तर्फबाट आएको यस किताबको केही चर्चा गरे । त्यसपछि कवि रोशन तिमिल्सिनाले सबैलाई धन्यवाद दिँदै आफ्नो सङ्ग्रहबाट एउटा कविता वाचन गरेका थिए ।

    कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे । अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै निरन्तरताको शुभकामना व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले रोशनको खुलेरै प्रशंसा गरे। चिरिएका पैतालाको अंश लिँदै उनले भने, ‘वर्षौंदेखि दौडिरहेको युग, आज रोकिएको छ पैताला चिरिएर । यो पोकविता हो,सुन्दर पक्ष हो । रोशनको कवितामा नै सुन्दर भविष्य छ ।’

    पुस्तक कलम प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकमा ५३ ओटा लामो छोटा कविताहरू समावेश भएका छन् । कविता कृतिको मूल्य २५० रुपैयाँ रहेको कवि तथा लेखक रोशन तिमिल्सिनाले जानकारी दिए ।

    कार्यक्रममा १०० भन्दा बढि पाठक तथा दर्शकहरू रहेका थिए । कार्यक्रम सञ्चालन कवि लिली अधिकारीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.