काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित दर ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।







