• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मिसेज ग्राण्ड इन्टरनेशनल नेपालको उपाधि उर्मीलालाई


  •    सुचना डबली डेस्क / २०७८, २६ पुष सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । ‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले जितेकी छिन् ।

    रिबन इन्टरटेनमेन्टको आयोजनामा बिवाहित महिलाहरु बीच काठमाडौँमा गराएको प्रतिस्पर्धा उत्कृष्ट प्रस्तुतीका साथ सिलवालले जित हाँसिल गरेकी हुन् ।


    ‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी सिलवालले आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालका तर्फबाट भाग लिनेछन् । जहाँ विभिन्न देशबाट उनी जस्तै उपाधी हासिल गर्न सफल सुन्दरी महिलाहरु प्रतिस्पर्धा सहभागीता हुनेछन् ।

    को हुन उर्मीला उप्रेती सिलवाल ?

    आरसी सेन्टर लुम्बिनीको भिपि, नेपाल नियमित रक्तदाता संघ भिपि, मन्टेश्वरी एसोसिएसन अफ भैरहवाको भिपि साथै लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल हुन उर्मीला उप्रेती सिलवाल ।

    विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न सिलवाल विद्यार्थीहरुको सुन्दर भविस्यका लागि तल्लिन रहदै विशिस्ट योगदान पुर्याउदै आएकी छिन् । हालसम्म ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी मन्टेश्वरी शिक्षा प्रवाह गर्ने टप ट्रेनर समेत हुन् ।

    सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।पाँचजना बालबालिकाबाट निःशुल्क शिक्षा अभियान प्रारम्भ गरेकी सिलवालले अभियान अन्तर्गत लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।

    सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् ।

    सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गरिन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.