काठमाडौँ । नेपालमा आज थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।







