प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न मतगणना अनुुसार विष्टले प्रतिस्पर्धी नेहरसिँह केसीलाई १ सय ३८ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विष्टले ३ सय १४ मत लिए भने केसीले १ सय ७६ मत लिएका हुन् ।
चुनावमा उनले २ सय ९५ र प्रतिस्पर्धी मूक्ती पोखरेलले १ सय ७९ मत लिए । सचिवमा नेगनसिँह कँवरलाई पछि पार्दै माधव पौडेल विजयी भए । पौडेलले २ सय ७२ र कँवरले १ सय ८६ मत लिए ।
यस्तै उपसचिवमा श्रीधर रोकामगरले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मत लिएर विजयी भए । दलित खुल्ला सदस्यमा राजेन्द्र गौतमले २ सय ७९ र पूर्ख सिँह सुनारले १ सय ७६ मत लिएर विजयी भएका छन् ।
आइतबार सम्पन्न मतदानमा ५ सय १० जनाले मतदान गरेका थिए । ९५ प्रतिशत मत खसेको थियो ।







