काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरेको छ ।
पुस २५ गते सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागु हुनेगरी १५ माघसम्मका लागि बन्द गरेको हो ।
हाल देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको छ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन ।
यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।