काठमाडौँ । नेपालमाआज थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा थप ३१३ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।







