प्युठान । चट्याङ लागेर प्युठानमा एक जनाको मृत्युु भएको छ ।
मृत्युु हुनेमा नगरपालिका- ५ जुम्रिकाडाका ४६ वर्षीय गोरबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार साँझ घरायसी सामान किन्न स्थानीय बजार जाँदै गर्दा एक्कासि चट्याङ लागेर उनको बाटोमै ज्यान गएको हो ।







