• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पास रद्द गरेपछि सिंहदरबारमा भीड कम


  •    सुचना डबली डेस्क / २०७८, ३० पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ  ।

    कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन ।

    राजनीतिक  भेटघाट र अन्य कामका लागि आउने हरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड  पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव  जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उनको सचिवालयमा कार्यालयका कर्मचारीबाहेक अरू मान्छे पनि थिएनन् ।

    प्रधानमन्त्रीको भेटघाटको तिथिमिति तय, कार्यक्रमको व्यवस्थापन, कर्मचारी   सरुवा, योजनामा बजेटका लागि सिफारिस, आयोग, प्रतिष्ठानका कामकारबाही, वैदैशिक भ्रमण, मन्त्रिपरिषद्मालै जाने प्रस्ताव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका दर्जनौँ प्रकृतिका काममा सधैँ व्यस्त हुनुपर्ने प्रधानमन्त्रीको निजी  सचिवालयमा दैनिक सयौँ फाइलको चाङ लाग्ने गर्छ ।

    तर बिहीबार भने सचिवालयमा सिंहदरबार भित्र रहेका मन्त्रालयहरूबाट प्राप्त हुने फाइल, चिठ्ठीपत्रबाहेक खासै कामको चाप देखिएन। यो समाचार गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.