काठमाडौँ । धनगढीमा दुईवटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक गम्भीर घाइते भएका छन् ।
माेहना पुल-अत्तरिया ६ लेन सडकमा शनिबार सुदूरपश्चिम प्रदेश ०१० प ५८१५ र से ५ प ७१९ नम्बरको माेटरसाइकल ठाेक्किएर भएकाे दुर्घटनामा गाेदावरी नगरपालिका-१ का १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।







