काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।







