काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्री आलेलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।







