
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमण दर उकालो लाग्ने क्रम जारी रहेको छ ।
हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् ।
आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् ।
त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।
निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।
यस्तै, छिमेकी मुलुक भारतमा एकैदिन २ लाख ७७ हजार ७४० जना कोरोना संक्रमित थपिएका छन् ।
यहि अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा अहिले संक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको छ ।
त्यहाँ अहिले ९ हजार जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।