काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८८ जनाको पीसीआर परीक्षणमा ९५०२ र ५ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







