मेष: सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात् बौद्धिक व्यक्तिहरुका बीचमा आफू कमजोर भएको महसुस हुनेछ । अध्ययन अध्यापनका निम्ती अधिक श्रम व्यतीत गर्नुपर्ने समय रहेको छ ।
बृष: मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । मध्यान पश्चात् आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । कार्यक्षेत्रको त्रुटीका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ ।
मिथुन: अरुको दबाबको कारण मानसिक समस्या आईपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात् नजिकका मित्रजनहरु बीचको सम्बन्ध टाढिन सक्ला । घमण्डका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
कर्कट: भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
सिंह: विश्वासिलो व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा वृद्धि हुनेयोग परेकोछ । दाम्पत्य सुखमा कमी आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ ।
कन्या: मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को विषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।
तुला: विद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।
बृश्चिक: यात्राको कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान पश्चात् भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनु होला ।
धनु: मध्यान पश्चात् मित्र तथा दाजुभाई बीचको सम्बन्धमा सुधार आउनेछ । आँट र साहसमा वृद्धि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेकोछ । माल सामान हराउन सक्ने सम्भावना रहेकोछ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपरेकै बेस रहनेछ ।
मकर: कार्य क्षेत्रको लापरबाही सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेकोछ ।
कुम्भ: नजिकका व्यक्तिबाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात् जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मीन : सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भावना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।







