
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरू स्थगित गरेको छ ।
विश्वविद्यालयले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड –१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सहितका संक्रमित बढ्दै गएको कारण पूर्वनिर्धारित समपूर्ण वार्षिक परीक्षाहरु स्थगित गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जारी गरेको केन्द्रिय परीक्षा सञ्चालक समितिको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि परीक्षा रोक्ने निर्णय गरेको जनाइएको छ ।