• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

यसपालिको एसइई परीक्षा वैशाखमा हुने


  •    सुचना डबली डेस्क / २०७८, ९ माघ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ ।

    माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसइई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए । उनले भने, ‘परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।’

    उनले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताए । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसइई सञ्चालन गर्न समस्या देखिएको हो ।

    विगतमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो भने चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन गर्नु परेन ।

    विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । परीक्षा हुन नसक्दा २०७६ सालको एसइईको प्रश्नपत्र जलाइएका थिए भने २०७७ सालको एसइईको प्रश्नपत्रलाई बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (सानोठिमी)मा अझै सुरक्षित राखिएको छ ।

    गत वर्षकै प्रश्नपत्रलाई यस पटक पुनः प्रयोग गर्नका लागि भनेर सुरक्षित राखिए पनि त्यसबारेमा निर्णय भइसकेको छैन ।

    अध्यक्ष डा. शर्माले एसइईका लागि प्रश्नपत्र तयार गर्न पर्याप्त समय भएको र नभ्याउने अवस्था भएमा आफूहरूसँग प्रश्नपत्र बैङ्क रहेकोले प्रश्नपत्र तयारीमा खासै समस्या नपर्ने बताए ।

    यस्तै उनलेे कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने जानकारी दिए । कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.