काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सहप्रजाति बेलायतमा फेला परेको छ ।
बेलायतमा गरिएको परीक्षणमा ४०० भन्दा बढी जनामा ओमिक्रोनको सहप्रजाति देखिएको हो ।
ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ ।
अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको तापनी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् ।
सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा.मिरा चन्दले बताइन् ।







